प्रदेश तथा स्थानीय तह समन्वय शाखाको कार्य विवरण
- प्रदेश तथा स्थानीय तहसँगको सम्पर्क र समन्वय सम्वन्धी कार्य,
- संविधान तथा सङ्घीय कानून बमोजिम स्थानीय तहलाई आवश्यक निर्देशन दिने विषय,
- प्रदेश तथा स्थानीय तह र विषयगत सङ्घीय मन्त्रालयबीचको सम्पर्क, सहयोग तथा समन्वय
- प्रदेश तथा स्थानीय तहहरूबीचको विवाद एवम् समस्या समाधानमा समन्वय र सहजीकरण सम्वन्धी कार्य,
- सरकारी/सार्वजनिक जग्गाको उपयोग र निजी जग्गा प्राप्तिका विषय बाहेक प्रदेश तथा स्थानीय तहको घर, जग्गा तथा सम्पतिको संरक्षण, कारोबार र अभिलेख तथा यसको विवाद र हकभोग स्वामित्व हस्तान्तरण सम्वन्धी कार्यहरूको सहजिकरण,
- जिल्ला समन्वय समितिसँगको सम्पर्क, समन्वय र सहजीकरण सम्वन्धी कार्य,
- प्रदेश तथा स्थानीय शासनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था र सञ्जालसँगको समन्वय सम्वन्धी कार्य,
- बहुक्षेत्रीय पोषण कार्यक्रम, बालमैत्री स्थानीय शासन, पोषणमैत्री स्थानीय शासन लगायतका अभियानमूलक कार्यक्रमको मापदण्ड, नीति समन्वय, सहजीकरण र कार्यान्वयन,
- सङ्घीय मन्त्रालयबाट प्रदेश तथा स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमहरूको नीति, मापदण्ड, कार्यविधि तर्जुमा, समन्वय र सहजीकरण,
- विषयगत मन्त्रालय तथा सङ्घीय निकायबाट प्रदेश तथा स्थानीय तहसँग समन्वयका लागि तर्जुमा हुने कानूनमा राय प्रतिक्रिया,
- गाउँपालिका तथा नगरपालिकामा रहने न्यायिक समितिको कार्य सम्पादन सम्बन्धमा क्षमता विकास, समन्वय तथा सहजिकरण गर्ने,
- प्रदेश तथा स्थानीय तहको क्षेत्राधिकारका विषयमा निर्णयको लागि नेपाल सरकार मन्त्रिपरिषद्मा पेश गर्नु पर्ने प्रस्तावको तयारी (कर्मचारी प्रशासन र सीमा तथा केन्द्र निर्धारण बाहेकका विषयहरू) ,
- जिल्ला समन्वय समितिबाट हुने अनुगमन, स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LGPAS) लगायतका स्थानीय तहबाट हुने प्रतिवेदन व्यवस्थापन सम्वन्धी विषयहरू ।
- सार्वजनिक पदाधिकारी (प्रदेश तथा स्थानीय तह) को क्षमता विकास सम्वन्धी नीति, मापदण्ड, योजना, कार्यक्रम र कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन सम्वन्धी कार्य,
- प्रदेश तथा स्थानीय तहका कर्मचारीको क्षमता विकास (सबै प्रकारका तालिम, अभिमूखीकरण, गोष्ठि, कार्यशाला, प्रविधियुक्त सीप विकास आदि) सम्वन्धी कार्य,
- मन्त्रालय र अन्तर्गतका निकायहरू तथा स्थानीय तहको क्षमता विकास सम्वन्धी रणनीति तर्जुमा सम्वन्धी कार्य,
- मानव श्रोत व्यवस्थापन सम्वन्धी क्रियाकलापको अनुगमन र मूल्याकंन,
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गतका क्षमता विकासका क्रियाकलाप सञ्चालन र सहजीकरण सम्वन्धी कार्य,
- PLGSP, STAFF college, क्षमता विकाससँग सम्बन्धित संघसंस्था र विश्वविद्यालयहरुमा क्षमता विकास सम्बन्धि अध्ययन अनुसन्धानको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,