योजना तथा अनुगमन शाखाको कार्य विवरण
- मन्त्रालयको विषयक्षेत्रसँग सम्वन्धित आवधिक योजना, मध्यमकालिन खर्च संरचना एवम् वार्षिक नीति तथा कार्यक्रम र बजेट सम्वन्धी कार्य,
- संघ, प्रदेश र स्थानीय तहबीचको योजना प्रणालीबीच समन्वय र तादात्म्यता सम्वन्धी कार्य,
- स्थानीय तहको आवधिक योजना तथा बजेट, मध्यकालिन खर्च संरचना तथा रणनीतिक योजना तर्जुमा सम्वन्धी कार्यमा समन्वय र सहजीकरण सम्वन्धी कार्य,
- अन्तर-स्थानीय तह विकास योजना, परियोजना र कार्यक्रमको समन्वय र सहजिकरण सम्वन्धी कार्य,
- दिगो विकास लक्ष्य हाँसिल गर्ने सम्बन्धमा दिगो विकास लक्ष्य स्थानीयकरणमा स्थानीय तहलाई सहयोग र समन्वय सम्वन्धी कार्य,
- विशेष, संरक्षित तथा स्वायत्त र पिछडिएको क्षेत्रको विकास सम्वन्धी कार्य,
- स्थानीय तहको वस्तुगत विवरण, योजनागत तथ्याङ्क, प्रगति समीक्षा र प्रतिवेदन अभिलेखीकरण सम्वन्धी कार्य,
- स्थानीय तहमा नेपाल सरकारबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रमको समन्वय तथा सहजीकरण सम्वन्धी कार्य,
- अनुगमन तथा मूल्याङ्कन सम्वन्धी नीति, कानून, मापदण्ड, सूचक र कार्यक्रम तर्जुमा एवं कार्यान्वयनमा समन्वय सम्वन्धी कार्य,
- अनुगमन तथा मूल्याङ्कन सूचकको आधारमा कार्यक्रम र आयोजनाको नियमित अनुगमन एवं मूल्याङ्कन सम्वन्धी कार्य,
- मासिक, त्रैमासिक एवम् वार्षिक प्रगति विवरणको सङ्कलन, विश्लेषण तथा पृष्ठपोषण र प्रतिवेदन सम्वन्धी कार्य,
- आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मन्त्रालयस्तरीय समस्या समाधान समिति सम्वन्धी कार्य,
- वार्षिक तथा आवधिक आयोजनाहरूको अद्यावधिक अभिलेख राख्ने तथा समीक्षा गर्ने र देखिएका बाधा अड्चन फुकाउने सम्बन्धमा आवश्यक कारवाही गर्ने सम्वन्धी कार्य,
- मन्त्रालयबाट गरिने महत्वपूर्ण नीतिगत निर्णयलाई व्यवस्थित गर्न स्थापित नीति समन्वय समितिको सचिवालयको रुपमा कार्य गर्ने,
- वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनमा समन्वय र प्रचलित कानून बमोजिम रकमान्तर, कार्यक्रम तथा क्रियाकलाप संशोधनसँग सम्वन्धित कार्य,