1. भूमि सम्बन्धी राष्ट्रिय नीति, ऐन, कानून तथा मापदण्ड तर्जुमा, संशोधन कार्यान्वयन एवं नियमन सम्बन्धी कार्य
- जग्गा नापजाँच, दर्ता तथा अभिलेख ब्यवस्थापन सम्बन्धी
- घरजग्गाको हक/स्वामित्व हस्तान्तरण तथा द्वैध स्वामित्व अन्त्य गर्ने सम्बन्धी
- सरकारी, सार्वजनिक, सामुदायिक एवं गुठी जग्गाको संरक्षण तथा ब्यवस्थापन सम्बन्धी
- भूउपयोग क्षेत्र वर्गीकरण, भूउपयोग योजना तर्जुमा तथा भूमि ब्यवस्थापन सम्बन्धी
- घरजग्गा मूल्याङ्कन, भूमि कर, रजिष्ट्रेशन दस्तुर तथा राजश्व निर्धारण सम्बन्धी
- भूमि बजार, घरजग्गा कारोवारको अनुमति पत्र, भूमि बैङ्क ब्यवस्थापन सम्बन्धी
- भौगोलिक सूचना, भूसूचना एवं भौगोलिक सूचना पूर्वाधार सम्बन्धी
- भूमिहीन, दलित, मुक्तकमैया, हलिया, हरवा तथा चरवाको पुनर्स्थापना लगायत भूमि सुधार एवं पुनर्वास सम्बन्धी
- भौगोलिक सूचना, नक्सा, डाटा तथा भूमि अभिलेखको मूल्य निर्धारण सम्बन्धी
- सर्भे लाइसेन्स सम्बन्धी
- भूमि सम्बन्धी अन्य
2. सरकारी, सार्वजनिक, सामुदायिक एवं गुठी जग्गाको ब्यवस्थापन सम्बन्धी कार्य
- सरकारी, सार्वजनिक, सामुदायिक एवं गुठी जग्गाको राष्ट्रिय अभिलेख ब्यवस्थापन सम्बन्धी
- सरकारी, सार्वजनिक, सामुदायिक एवं गुठी जग्गाको संरक्षण सम्बन्धी
- सरकारी, सार्वजनिक, सामुदायिक एवं गुठी जग्गाको उपयोग सम्बन्धी
- सरकारी जग्गा लीजमा दिने सम्बन्धी
- जग्गा प्राप्ति सम्बन्धी कार्य
- संघ, प्रदेश तथा स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजना, प्रशासनिक भवन निर्माणजस्ता कार्यका लागि गरिने जग्गा प्राप्तिमा सहजीकरण सम्बन्धी
3. अन्तर्राष्ट्रिय तथा आन्तरिक सिमाना सम्बन्धी कार्य
- अन्तर्राष्ट्रिय सीमाको नापजाँच तथा अभिलेख ब्यवस्थापन सम्बन्धी
- सीमा स्तम्भ/चिन्हहरूको निर्माण, मर्मतसम्भार तथा अभिलेख व्यवस्थापनसम्बन्धी
- अन्तर्राष्ट्रिय सीमासंग सम्बन्धित विषयमा अन्तर्निकाय समन्वय सम्बन्धी
- प्रदेश तथा स्थानीय तहको सीमाको नक्साङ्कन तथा अभिलेखसम्बन्धी
4. नापनक्शा, भूसूचना तथा भूउपयोग सम्बन्धी कार्य
- जग्गाको नाप नक्साको आधारभूत नियन्त्रण विन्दु तथा सञ्जालसम्बन्धी
- जियोडेक नापी सम्बन्धी
- स्थलरूप नापी सम्बन्धी
- भौगोलिक सूचना पूर्वाधार सम्बन्धी
5. विपद् नक्साङ्कन सम्बन्धी
- भूउपयोग, भूक्षमता र उपयुक्तताको नक्साङ्कन सम्बन्धी
- संघीय भूउपयोग योजना तर्जुमा तथा प्रादेशिक र स्थानीय तहको भूउपयोग योजना तर्जुमामा सहजीकरण एवं समन्वय सम्बन्धी
6. गुठी ब्यवस्थापन सम्बन्धी कार्य
- गुठी संस्थानको सञ्चालन तथा नियमनसम्बन्धी कार्य;
- गुठी जग्गा ब्यवस्थापन सम्बन्धी
7. समन्वय तथा फोकल महाशाखाको रूपमा गर्ने कार्य
- जग्गा प्रशासन, भूमि व्यवस्थापन तथा नापजाँच सम्बन्धी कार्यको फोकल महाशाखाको रूपमा कार्य गर्ने (भूमि ब्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग, भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्र, गुठी संस्थान आदि समेतको)
- जग्गा प्रशासन, भूमि व्यवस्थापन तथा नापजाँच सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायहरूसंगको समन्वय गर्ने
- स्थानीय तहमा भूमि सेवा हस्तान्तरण तथा भूमिको क्षेत्रमा क्षमता विकास सम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण गर्ने