सूचना प्रविधि शाखाको कार्य विवरण

  • सूचना प्रविधि र अभिलेख सम्वन्धी नीति, कानून, योजना, कार्यक्रम तथा समन्वय सम्वन्धी कार्य,
  • सूचना प्रविधि र विद्युत्तीय शासन सम्वन्धी नीति, कानून, योजना, कार्यक्रम तथा समन्वय सम्वन्धी कार्य,
  • सूचना सङ्कलन, संग्रह, अभिलेख सम्वन्धी,
  • सबै महाशाखा/शाखासंग समन्वय गरी मन्त्रालयका विद्युतीय प्रकाशनहरू प्रकाशित गर्ने,
  • भौगोलिक सूचना प्रणालीको समन्वय सम्वन्धी कार्य,
  • गाउँपालिका तथा नगरपालिकाको सूचना तथा अभिलेख केन्द्र र स्थानीय रोजगार सूचना केन्द्र, सम्वन्धी सहजिकरण गर्ने,
  • मन्त्रालयमा कम्प्यूटर नेटवर्किङ्ग, कम्प्यूटर, प्रिन्टर, नेटवर्कीङ्ग सम्वन्धी मर्मत, रेखदेख, स्याहार सम्भार गर्ने सम्बन्धमा प्राविधिक परामर्श दिने,
  • मन्त्रालयमा कम्प्यूटर नेटवर्किङ्ग, कम्प्यूटर, प्रिन्टर, नेटवर्कीङ्ग सम्वन्धी खरिद प्रक्रियामा अग्रिम परामर्श उपलब्ध गराउने,
  • मन्त्रालयको website अद्यावधिक गर्ने,
  • इन्टरनेटको माध्यमद्धारा पाठकहरूलाई सूचनाहरू उपलव्ध गराउने,
  • मन्त्रालय र अन्तर्गतका Software/system हरूको Super admin/admin को भूमिका निर्वाह गर्ने, तथा कुनै पनि system आवश्यक परेमा अग्रिम परामर्श दिने,
  • सबै महाशखा/शाखासंग समन्वय गरी मन्त्रालयका विधुत्तीय प्रकाशनहरू प्रकाशित गर्ने,
  • मन्त्रालयबाट नेपाल सरकार, मन्त्रिपरिषद् मा प्रस्ताव पेश गर्नका लागि आएका प्रस्तावहरू विद्युतीय माध्यमबाट upload गर्ने/पठाउने,
  • स्थानीय तहका सफल कार्यहरूको (Best Practices) को प्रकाशन तथा प्रसार गर्ने ।