लैङ्गिक मामिला तथा विपद् व्यवस्थापन शाखाको कार्य विवरण

  • स्थानीय स्तरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धी नीति, कानून, योजना तथा कार्यक्रममा समन्वय सम्वन्धी कार्य,
  • सकारात्मक विभेद सम्बन्धी नीति एवं मापदण्डमा सहजीकरण,
  • अपाङ्गता सम्बन्धी कार्यमा स्थानीय तहसँग समन्वय,
  • स्थानीय तहमा सामाजिक परिचालन समन्वय सम्वन्धी कार्य,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सम्बन्धित केन्द्रीय परियोजना सल्लाहकार समिति (CPAC) सम्वन्धी कार्य,
  • राष्ट्रिय तथा स्थानीय गैर सरकारी संस्थासँग सम्बन्धित नीतिगत समन्वय सम्वन्धी कार्य,
  • लैंगिक समता तथा सामाजिक समावेशीकण सम्वन्धी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयास र त्यस्ता संघ संस्थाहरूसँगको सम्पर्क र समन्वय तथा नेपाल सरकारले अन्तराष्ट्रिय रुपमा गरेका प्रतिवद्धता स्थानीय स्तरमा लागु गराउन प्रोत्साहन, सहयोग र सहजीकरण सम्वन्धी कार्य,
  • संघ, प्रदेश र स्थानीय तहको विकास कार्यक्रममा लैंगिक तथा सामाजिक समावेशीकरणको लेखाजोखा एवम् असल अभ्यासहरूको आदानप्रदान,
  • राष्ट्रिय सामाजिक समावेशीकरण नीति रणनीति तयार गरि कार्यान्वयन गर्न समन्वय र सहजीकरण गर्ने,
  • लक्षित वर्गको मूलप्रवाहीकरण सम्वन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहलार्इ नीतिगत सहजीकरण गर्ने,
  • मन्त्रालयको लैंगिक सम्पर्क विन्दुको रुपमा कार्य गर्ने,
  • वातावरण व्यवस्थापन र दिगो विकाससँग सम्बन्धित नीति, कानून, कार्यक्रम तथा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनमा समन्वय सम्वन्धी कार्य,
  • आपतकालिन कार्य सञ्चालन केन्द्र र विपद् पूर्व सूचना केन्द्र स्थापनामा सहयोग र अन्तरनिकाय समन्वय सम्वन्धी कार्य,
  • प्रदेश तथा स्थानीय तहमा विपद व्यवस्थापन तथा जलवायु अनुकुलन सम्वन्धी नीति तथा कार्यक्रमको सहजिकरण, समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्ने सम्वन्धी कार्य,
  • वातावरणमैत्री शासन प्रणालीको प्रवर्द्धन गर्ने सम्वन्धी कार्य,
  • स्थानीय तहमा विपद् व्यवस्थापन तथा जलवायु अनुकुलन सम्वन्धी नीति तथा कार्यक्रमको सहजीकरण, समन्वय तथा अनुगमन र मूल्याङ्कन सम्वन्धी कार्य,
  • स्थानीय स्तरमा वातावरण व्यवस्थापन र दिगो विकास सम्वन्धी नीति, कानून, कार्यक्रम तथा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनमा समन्वय सम्वन्धी कार्य,
  • स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणीय प्रयासहरू र संस्थाहरूबीचको सम्बन्ध, सहयोग र समन्वय कायम गर्ने सम्वन्धी कार्य,
  • प्रदेश तथा स्थानीय स्तरमा वातावरण प्रदूषण र व्यवस्थापन सम्वन्धी मापदण्डहरू निर्धारण तथा सोको कार्यान्वयनमा सहजिकरण र अनुगमन गर्ने सम्वन्धी कार्य,
  • वारुणयन्त्र तथा अग्नि नियन्त्रण कार्यमा समन्वय तथा सहजीकरण सम्वन्धी कार्य,
  • समूदायमा आधारित विपद् व्यवस्थापन सम्वन्धी कार्यक्रमको समन्वय सहजीकरण र व्यवस्थापन सम्वन्धी कार्य,
  • LACC कार्यक्रम सञ्चालन,
  • तोकिए बमोजिमका अन्य कार्यहरू।