क्षमता विकास शाखाको कार्य विवरण

  • सार्वजनिक पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास सम्वन्धी नीति, मापदण्ड, योजना, कार्यक्रम, पाठ्यक्रम तर्जुमा, कार्यान्वयन र समन्वय सम्वन्धी कार्य,
  • स्थानीय तहको संस्थागत सृदृढीकरण तथा सशक्तिकरण सम्वन्धी कार्य,
  • मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित जनशक्ति विकास नीति, योजना तथा कार्यान्वयन,
  • मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा क्षमता विकासका स्रोत सामाग्रि (प्रस्तुति सामाग्री, स्रोत पुस्तक, प्रशिक्षण स्रोत सामाग्री, प्रशिक्षक प्रशिक्षण सामाग्री) विकास र समन्वय गर्ने,
  • क्षमता विकास सम्बद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था एवं दातृ राष्ट्र वा साझेदारसँग सम्पर्क र समन्वय,
  • मन्त्रालय र अन्तर्गतका निकायको क्षमता विकास सम्वन्धी कार्य,
  • प्रदेश तथा स्थानीय तहको क्षमता विकास योजना निर्माणमा सहयोग र समन्वय,
  • स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सम्पर्क शाखाको रुपमा गरिने कार्य,
  • मानव श्रोत विकास र क्षमता विकास सम्वन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाको सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • स्थानीय तहको संस्थागत सृदृढीकरण तथा सशक्तिकरण सम्वन्धी कार्य,
  • स्थानीय तहको जनशक्ति विकास नीति, योजना तथा कार्यान्वयन सम्वन्धी कार्य,
  • विकासका बहुआयामिक र अन्तरसम्बन्धित विषयहरूको कार्यान्वयनमा क्षमता विकास सम्वन्धी कार्य,
  • स्थानीय तहको न्यायिक समितिको क्षमता विकास सम्वन्धी कार्य,
  • स्थानीय तहको क्षमता विकास सम्वन्धी कार्यमा विषयगत मन्त्रालयसँगको सम्पर्क, सहयोग तथा समन्वय सम्वन्धी कार्य,
  • स्थानीय तहको क्षमता विकास सम्बन्धमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसंगको समन्वय र सहकार्य सम्वन्धी कार्य,
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुशासन ईकाई र प्रशासन सुधार सम्वन्धी कार्यको सम्पर्क विन्दुको रुपमा काम गर्ने गराउने,
  • स्थानीय आर्थिक विकासमा सहयोग तथा सहजीकरण सम्वन्धी कार्य,
  • स्थानीय तहका राजश्व परिचालन क्षमतामा लेखाजोखा र सुधार सम्वन्धी कार्य,
  • सङ्घीय प्रणाली सम्वन्धी श्रोत केन्द्र स्थापना र सञ्चालन सम्वन्धी कार्य,
  • देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क शाखाको रुपमा कार्य गर्नेः
  • सङ्घीय संसद
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
  • राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग,
  • स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान,
  • राष्ट्रिय सूचना आयोग,
  • राष्ट्रिय सतर्कता केन्द्र
  • प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
  • तोकिए बमोजिमका अन्य कार्य।