मन्त्रालय र अन्तर्गतका निकायको संगठन संरचना तथा दरबन्दी परिमार्जन/पुनरावलोकनका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्बन्धी कार्य गर्ने, संगठन संरचना स्वीकृत गराउने रकार्यान्वयन गर्ने/गराउने,
कर्मचारीहरुको सरुवा, बढुवा, नियुक्ति, पदस्थापन र काज सम्बन्धी कारवाही उठान गर्ने र निर्णय कार्यान्वयन गर्ने/गराउने,
स्वदेशी तथा विदेशी अध्ययन, तालिम, गोष्ठी, सेमिनार,बैठक र अन्तरक्रियामा सहभागिता सम्बन्धमा पूर्व स्वीकृति प्रदान गर्ने, मनोनयन गर्ने र विदा स्वीकृत गर्ने सम्बन्धी कारवाही उठान गरी निर्णय कार्यान्वयन गर्ने/गराउने,
रिक्त रहेका पदहरु पूर्तिको लागि सम्बन्धित निकायमा माग गर्ने/गराउने एवम् पदपूर्तिको लागि विज्ञापन प्रकाशित गरी,गराई नियुक्ति तथा पदस्थापन गर्न कारवाही उठान गर्ने र निर्णय कार्यान्वयन गर्ने/गराउने,
दण्ड सजाय, प्रोत्साहन पुरस्कार, राजिनामा र अन्य कर्मचारी प्रशासन सम्बन्धी विषयहरुको आधिकारिक राय सहित पेश गर्ने र निर्णय कार्यान्वयन गर्ने/गराउने,
प्रत्येक कर्मचारीलाई स्वीकृत कार्य विवरण र मन्त्रालयको कामको जानकारी दिने,
प्रशासन शाखासँग सम्बन्धित विषयको मन्त्रिपरिषद्मा पेश हुने प्रस्तावको मस्यौदा तयार गर्ने,
कर्मचारीरुको दण्ड सजाय, प्रोत्साहन, पुरुस्कार, राजिनामा तथा विभागीय कारवाही सम्बन्धी कार्य गर्ने,
नेपाल ईन्जिनियरिङ सेवा, सर्भे समूहको सरुवा, बढुवा, पदस्थापना शैक्षिक योग्यता एवम् सम्बद्धता निर्धारण गर्ने प्रक्रिया अगाडि वढाउने र निर्णय कार्यान्वयन गर्ने/गराउने,
मन्त्रालय र अन्तर्गत निकायहरुको कार्य विवरणको समीक्षा गर्ने,
परिवर्तन इकाईको रुपमा कार्य सम्पादन गर्ने,
मन्त्रालय र अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन सम्बन्धी कार्य गर्ने,
राजनीतिक नियुक्ति सम्बन्धी प्रारम्भिक कारवाही उठान गर्ने र निर्णय कार्यान्वयन गर्ने/गराउने,
कर्मचारीहरुको हाजिरी अभिलेख राख्ने तथा साथै तलवी प्रतिवेदन पारित गर्ने/गराउने,
भौतिक सामग्री एवम् सवारी साधनहरुको मर्मत सम्भार तथा संरक्षण गर्ने,
मालसामान खरिद, दाखिला, खर्च र लिलाम विक्री सम्बन्धी कार्य गर्ने सोको अभिलेख राखी जिन्सी निरीक्षण गर्ने/गराउने,
सरसफाई एवम् पालो पहराको व्यवस्था गर्ने,
निर्दिष्ट अन्य कार्यहरु गर्ने।
मन्त्रालय अन्तर्गतका निकायका काम कारवाहीका सम्वन्धमा पर्न आएका उजुरी, निवेदन, गुनासाहरु उपर छानविन एवम् कारवाही गर्ने,
अन्य निकायहरुबाट प्राप्त निवेदन, निर्देशन एवम् गुनासाहरुको सम्बन्धमा कारवाही गर्ने,
प्राप्त उजूरी र गुनासाहरुको अभिलेख राख्ने,
गुनासाहरु समाधानको लागि अनुगमन गर्ने,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फोकल प्वाईन्ट सम्बन्धी कार्यहरु गर्ने,