मन्त्रालय र अन्तर्गत विभागद्वारासञ्चालित विकास आयोजनाहरुको योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मुल्यांकन गर्ने गराउने।
मन्त्रालय र अन्तर्गतका विभाग/आयोजनाहरुको तथ्यांक अध्ययन/विश्लेषण गरी राय/सुझाव सहित पेशगर्ने।
मन्त्रालय र अन्तर्गतका विभाग/आयोजनाहरुको प्रत्येक वर्षको वार्षिक विकास कार्यक्रम र वजेट तयार पारी/पार्न लगाई पेश गर्ने।
अर्थ मन्त्रालय/राष्ट्रिय योजना आयोगमा हुने कार्यक्रम र वजेट छलफलमा भाग लिने र कार्यक्रम वजेटलाई अन्तिम रुप दिन आवश्यक सहयोग गर्ने।
वार्षिक कार्यक्रम र वजेट स्वीकृत भई आए पछि चौमासिक विभाजन सहितको विकास कार्यक्रम तयार पार्न लगाई मन्त्रालयको सिफारिस सहित रा.यो.आ. बाट स्वीकृति भएपछि उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्वन्धित विभाग/आयोजनामा पठाउने।
स्वीकृत वार्षिक विकास कार्यक्रममा आवश्यकतानुसार थप संशोधन गर्न पेश गर्ने गराउने र मन्त्रालय/रा.यो.आ.को स्वीकृति अनुसार संशोधित कार्यक्रम कार्यान्वयन गर्ने/गराउने।
व्यवस्थापिका संसदको अधिवेशनको समयमा सांसदहरुद्बारा उठाइएको प्रश्नको जवाफ तयार गरी व्यवस्थापिका संसद सचिवालयमा पठाउने ब्यवस्था मिलाउने।
सम्वन्धित विषयमा हुने सभा, सम्मेलन, छलफल आदिमा निर्णय भए बमोजिम भाग लिने।
साविक लैङ्गिक सशक्तिकरण इकाईले गरी आएको कार्यहरु समेत सम्पादन गर्ने।
कामको गहनता हेरी माथिल्लो तहमा प्रस्तुत गर्नु पर्ने कुरामा बाहेक शाखा अन्तर्गत काम कारवाहीको सम्बन्धमा आवश्यकता अनुसार सम्बन्धीत मन्त्रालय, विभाग तथा कार्यालयहरुमा पत्र लेख्ने तथा ताकेता गर्ने/गराउने।
नेपाल सरकार,मन्त्रिपरिषद्मा निर्णयार्थ प्रस्तुत गर्नका लागि स्वीकृत भएका विषयमा प्रस्तावको मस्यौदा तयार पारी समयमै पेश गर्ने।
भएको आदेशानुसार सम्बन्धीत निकायमा आवश्यक पत्राचार गर्ने र मन्त्रालयमा प्रस्तुत हुन आउने विषयमा आवश्यक कारवाही गर्न पेश गर्ने।
आफ्नो शाखासँग सम्बन्धीत काम कारवाही र व्यवस्थापनका विषयमा कुनै नयाँ बस्दोवस्त, नीति निर्माण वा निर्णय गर्न आवश्यक देखिएमा तत् सम्बन्धी पुष्ट्याई सहित कारवाही उठाई माथिल्लो तहमा पेश गर्ने।