मन्त्रालय मातहत विभाग तथा कार्यालयहरुबाट संचालित परियोजना तथा आयोजनाहरुको उठती राजश्व, मुद्दा पर्छयौट स्थिति र कार्य प्रगति समेतको अभिलेख अद्यावधिक राख्ने।
वार्षिक/चौमासिक र आवश्यकतानुसार द्वैमासिक प्रगति विवरण तयार पारी/पार्न लगाई विकास समस्या समाधान समितिको बैठकमा पेश गर्ने र बैठकमा भएका निर्णयहरु कार्यान्वयन गर्ने/गर्न लेखी पठाउने।
मन्त्रालय र मातहतका निकायहरुको आवश्यकताअनुसार सुपरीवेक्षण गर्ने/गराउने।
मातहतका निकायहरुको काम कारवाहीका सम्बन्धमा नियमित अनुगमन गर्ने/गर्न लगाउने।
मन्त्रालय र अन्तर्गतका विकास आयोजना/कार्यक्रमहरुको अनुगमन निरीक्षण गरी प्रतिवेदनपेश गर्ने/गर्न लगाउने।
मन्त्रालय र मातहतका निकायहरुबाट संचालित कार्यक्रमहरुकालागि कार्य सम्पादन सूचकहरु तयारगर्ने/गर्न लगाउने।
कार्य सम्पादन सूचकहरुको आधारमा आवधिक मूल्यांकन गर्ने /गर्न लगाउने।
कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणालीको स्थापना र विकास गर्ने।
मूल्यांकनको आधारमा दण्ड र पुरस्कारका लागि आवश्यक सूचना उपलब्ध गराउने।
मातहतका निकायहरुबाट आवधिक रुपमा प्राप्त प्रगति प्रतिवेदन माथिल्लो तहमा अवगत गराउने।
सम्वन्धित सवै शाखाहरुसँग समन्वय गरी प्राप्त हुन आएको सूचनाहरु संकलन गरी सोको व्यवस्थित ढंगले अभिलेख समेत राख्ने।