गरिब भन्नाले नेपाल सरकारको निश्चित मापदण्ड अनुसार समय समयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनी रहेको, शिक्षा स्वास्थ्य जस्ता मानव विकासका सूचकहरुको आधारमा पिछडिएको र निश्चित लिङ्गगत तथा सामाजिक समुहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेको व्यक्ति वा समुहलाई सम्झनु पर्दछ । गरिब भन्नाले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र बितरण निर्देशिका,२०७५ को अनूसुची –१ बमोजिमका सुचकका आधारमा पहिचान गरिएको व्यक्ति वा परिवारलाई सम्झनु पर्दछ । गरिब परिवार पहिचानका सुचकहरुः १.जनसांख्यिक तथा मानवीय अवस्थाः परिवारको आकार, परिवारको शैक्षिक अवस्था, परिवारमा निजी स्कुलमा अध्ययनरत बालबालिका,पारिवारिक औसत आयु, २.परिवारका सदस्यको रोजगारीको अवस्थाः आम्दानीको स्रोत, परिवारमा आश्रित व्यक्तिहरुको संख्या, ३.बसोबास(घर) को भौतिक अवस्थाः घरको स्वामित्व, घरको छाना, घरको जगको प्रकार, घरमा भएको कोठा संख्या ४.घरायसी सुविधाः पिउने पानीको उपलब्धता, शौचालयको सुविधा र प्रकार, खाना पकाउने इन्धन, बत्तीको स्रोत ५. घरयासी सम्पत्तिः गाडी, इन्टरनेट जडान, केवल टेलिभिजन, टेलिफोन रेफ्रिजेरेटर, पशुचौपाया र चराचुरुङ्गीको संख्या आदी ६. भौगोलिक क्षेत्र तथा क्षेत्रगत गरिबीको अवस्थाः भौगोलिक क्षेत्रगत अवस्था (हिमाल, पहाड, तराई) ७.जातजातिगत गरिबीको अवस्थाः सीमान्तकृत जातजातिगत समूह, ८. जग्गा जमिनको अवस्था र यसको अनुमानित मुल्य, ९. परिवारको आम्दानीः माथि उल्लेखित चरहरुलाई आधार मानेर परिवारको समग्र अनुमानित आम्दानीको प्रक्षेपण गर्ने