प्रशासन सुधार महाशाखाको कार्य विवरण
- राष्ट्रिय निजामती सेवा नीति तथा ऐन सम्वन्धी कार्य,
- सङ्घीय निजामती तथा अन्य सङ्घीय सरकारी सेवाका निवृत्तिभरण लगायत अवकाशजन्य सुविधासम्वन्धी नीति, कानून र मापदण्ड र व्यवस्थापन सम्वन्धी कार्य,
- सार्वजनिक सेवा प्रवाह सम्वन्धी नीति, कानून र मापदण्ड सम्वन्धी कार्य,
- प्रशासनिक सुधार सम्वन्धी नीति, योजना, समायोजन र समन्वय सम्वन्धी कार्य,
- कर्मचारी कल्याण सम्वन्धी नीति, कानून र मापदण्ड सम्वन्धी कार्य,
- व्यवस्थापन परीक्षण सम्वन्धी नीति, योजना तथा कार्यक्रम सञ्चालन र समन्वय,
- प्रशासन सुधार सम्वन्धी अध्ययन, अनुसन्धान तथा नीति तर्जुमा र कार्यान्वयन,
- सङ्घीय निजामती तथा अन्य सरकारी सेवाको तालिमसम्वन्धी नीति, कानून र मापदण्ड सम्बन्धमा अध्ययन, अनुसन्धान र विकास सम्वन्धी कार्य,
- मन्त्रालय र अन्तर्गतका कर्मचारीको स्वदेशी तथा विदेशी अध्ययन, तालिम स्वीकृति , पूर्व स्वीकृति तथा बिदा सिफारिस सम्वन्धी कार्य,
- कर्मचारीहरूको मन्त्रालयमा हुने शुरु अभिमुखीकरण तथा सेवाकालिन तालिम सम्वन्धी कार्य,
- प्रदेश तथा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमण मनोनयन तथा सहमति सम्वन्धी कार्य,
- स्वदेशी तथा विदेशी अध्ययन, अवलोकन भ्रमण तथा तालीम सम्वन्धी कार्य,
- नेपाल सरकारको नीति र कार्यक्रमको सफल कार्यान्वयनका लागि आवश्कता अनुसार प्रशासकीय व्यवस्थापन र कार्यविधिमा पुनरावलोकन,
- सङ्घीय निजामती कर्मचारीको सेवा, सुविधा तथा प्रोत्साहन सम्वन्धी कार्य,
- राष्ट्रसेवक कर्मचारी संवद्ध संघ संस्था सम्वन्धी कार्य गर्ने,
- संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्वन्धी नीति, कार्यान्वयन र समन्वय सम्वन्धी कार्य,
- सङ्घीय निजामती सेवा र अन्य सरकारी सेवा सञ्चालन सम्वन्धी सेवा, समूह र उपसमूहको व्यवस्थापन सम्वन्धी कार्य,
- संघ, प्रदेश र स्थानीय तहमा रहने पदहरूको दरबन्दी सिर्जना सम्वन्धी नीति, मापदण्ड र सहजीकरण सम्वन्धी कार्य,
- निजामती सेवाका सबै पद तथा पदाधिकारीहरूको लागि कार्य विवरण तयारी तथा अद्यावधिक गर्ने,
- नेपाल सरकारका अस्थायी र आवधिक प्रकृतिका आयोजनाहरूको अस्थायी दरवन्दीको सिफारिस सम्वन्धी कार्य,
- संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्वन्धी कार्य,
- संगठन संरचना र दरबन्दी पुनरावलोकन सम्वन्धी नीति, कार्यविधि तर्जुमा गरी संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने,
- विशेष पद सिर्जना तथा सहमती प्रदान गर्ने कार्य,
- संघमा रहने मन्त्रालय¸विभाग र केन्द्रीय निकायहरूको संगठन संरचना र दरवन्दी यकिन गर्ने कार्य,
- देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्नेः
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
- निजामती अस्पताल
- कर्मचारी तालिम प्रतिष्ठान
- प्रशासकीय अदालत
- राष्ट्रिय किताबखाना